रेशम सापकोटा / सेतो नेपाल
चितवन, १२ असार । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को प्रतीक्षित नतिजा केहीबेरमा सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, सानोठीमि अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नतिजा प्रकाशनको समय र विधिबारे जानकारी गराएको हो।
नतिजा सार्वजनिक गर्ने कार्यलाई प्रभावकारी बनाउँदै बोर्डले यसपटक विभिन्न सेवा प्रदायकहरूलाई सहकार्यका लागि स्वीकृति दिएको छ। जसअनुसार विद्यार्थीहरू आफ्ना नतिजा एसएमएस, आईभीआर र वेबसाइट मार्फत सजिलै हेर्न सक्नेछन्।
नेपाल टेलिकमले १६०० नम्बरमार्फत एसएमएस, युएसएसडी तथा भ्वाइस सेवा (IVR) प्रदान गर्दैछ। साथै, जानकी टेक्नोलोजी (३५००१), आकास टेक (३१००३), स्विफ्ट टेक्नोलोजी (३४४५५), र अल स्टार आईटी सोलुसन्स (३४९४९) ले पनि SMS सेवा उपलब्ध गराउनेछन्। विद्यार्थीहरूले “SEE Symbol Number” लेखी सम्बन्धित नम्बरमा पठाउँदा आफ्नो नतिजा तुरुन्तै प्राप्त गर्न सक्नेछन्।
नतिजा हेर्नका लागि वेबसाइटको पहुँच पनि प्रशस्त बनाइएको छ। बोर्डले आफ्नो वेबसाइट www.see.gov.np र www.neb.gov.np मार्फत नतिजा उपलब्ध गराउनेछ भने नेपाल टेलिकमले www.see.ntc.net.np मा पनि सेवा सुरु गर्नेछ। अन्य वैकल्पिक प्लेटफर्महरूमा ekantipur.com, see.edusanjal.com, see.esewa.com.np, khalti.com/app, collegeinfonepal.com/see, theconnectplus.com, 12khari.com, collegesnepal.com/see_result, bit.ly/GetNcellApp, swifttech.com.np/see-result, result.neemaacademy.com, र see.mypay.com.np रहेका छन्।
बोर्डले परीक्षाफल सहज, छिटो र सुलभ रूपमा सम्पूर्ण देशभर पुर्याउने उद्देश्यले डिजिटल माध्यमलाई प्राथमिकता दिएको बताएको छ। नतिजा सार्वजनिक भएसँगै लाखौँ विद्यार्थी र अभिभावकहरूको जिज्ञासा मेटिने विश्वास गरिएको छ।–00–


