चितवन, १६ भदौं । नेपाली सिनेमा उद्योगमा एकताका निकै राज गरेकी अभिनेत्री निरुता सिंह बैबाहीक जीवनमा बाँधिएकी छिन् । आफु बैबाहिक जीवनमा बाँधिएको उनले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएकी हुन ।
भारतको मुम्बई बस्ने संजीभ गुलाटीसँग उनले लगनगाठो जोडेकी हुन ।
आफ्ना शुभचिन्तकहरुलाई उनले भनेकी छिन म चाडैं सबैलाई भेटगर्न अनि आर्शीवाद लिन नेपाल आउनेछु धेरै धेरै माया । उनले लेखकी छिन मेरोकुनैपनि अन्तरवार्ता एउटा प्रश्न विना पूर्ण हुँदैन्थ्यो त्यो हो निरुता जी बिहें कहिले गर्ने ? आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु ।

