नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, ७ असार। सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ ।

यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन हुने बाटो खुलेको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरित प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए।

अब जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु