चितवनमा १५ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं. २४ स्थित चोकिचाँडाबाट भारतीय नम्बर प्लेटको BR 01 PE 6943 नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाडीमा लुकाइछिपाई राखिएको अवस्थामा ३० वटा प्याकेटमा रहेको १५ किलो १६५ ग्राम गाँजा फेला पारेको जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा कालिका नगरपालिका वडा नं. ३ पदमपुर बस्ने वर्ष २७ का देवचन्द्र स्याङतानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै प्रयोग गरिएको पिकअप गाडी समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गाँजाको अनुमानित मूल्य करिब ५ लाख ७५ हजार ७९० रुपैयाँ रहेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Share:

सम्बन्धित समाचारहरु