कालिका, ५ भदौं । कालिका नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ ।
चाडपर्वको बेला खाद्यन्नसँगै उपभोग्य सामग्रीको खपतबढीहुने भएकाले बजार क्षेत्रलाई व्यवस्थित बनाउन उप–मेयर विमला तामाङको नेतृत्वमा आजदेखि बजार अनुगमन सुरु गरेको हो । चाडपर्वको बेला बढी खपतहुने मिठाई, विद्युतीय सामग्री, भाँडाकुँडा र दैनिक उपभोग्य सामग्रीलाई अनुगमनटोलीले विशेष निगरानी गरिरहेको छ । मानविय स्वास्थ्यलाई असरगर्ने खालका कलर(रंग) मिसाएर बनाइने जुस, केक, आइसक्रीमपसलहरुमा समेत टोलीले छडेक अनुगमन गरेको छ ।
बजार अनुगमनको पहिलोदिन खोलेसिमल बजारबाट म्यादनाघेका खाद्य तथा पेय बस्तु जफत गरी नष्ट गरिएको छ ।
सो क्रममा आइसक्रीम बनाउन प्रयोग गरिने (मानवियस्वास्थ्यका लागि हानिकारक)केही थान रंग बरामद गरिएको छ । यस्तै केके हाउसलाई मानविय स्वास्थ्यप्रति ध्यान दिएर केकेहरु उत्पादनगर्न सुझाव दिएको छ । नगर उपप्रमुख विमला तामाङले बजार क्षेत्रमा उत्पादनहुने केके हेर्दा रंगीन खाउँखाउँ लाग्ने भएपनि त्यसले मानविय स्वास्थ्यमा प्रत्यक्ष असरगर्ने भएकाले त्यस्तो केमिकल र रंगहरु प्रयोग नगर्न सुझाव दिनुभयो ।
कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले खोलेसिमल बजार क्षेत्रका एकाध पसल बाहेक अधिकांश व्यवसायीहरु नगरपालिकामा दर्ता गरेर आफ्नो व्यापार व्यवसाय संचालन गरिरहेको पाइएको जानकारी दिनुभयो । सुरुवाती समयभन्दा अहिले व्यवसायीहरुको सोचाई र बुझाईपनि परिवर्तन देखिएको बताउनुभयो । राज्यलाई करतिर्ने बारे व्यवसायीहरु सचेत रहेको पाइयो उहाँले भन्नुभयो–“नगरपालिकाको यो अभियानलाई समेत स्थानीय व्यवसायीहरुले स्वागत गरिरहेका छन ।”
उपभोक्ताहरु नापतौलमा ठगिनेगरेको गुनासोको आधारमा टोलीले पसलमा राखिएको तराजुलाई समेत चेकजाँच गरिरहेका छन् । टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिए कार्वाहीगर्नेगरी बजार अनुगमनमा उत्रिएको हो ।
वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, बरिष्ठलेखा अधिकृत ऋिषिप्रसाद कडुवाल, प्रशासन अधिकृत रामप्रसाद अधिकारी, नगरपालिकाका सूचना अधिकारी एवम आर्थिक विकास शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, नगरपालिकाका अन्य कर्मचारीहरु, नगरप्रहरी, पत्रकारहरु सहभागि छन् । यो अभियान निरन्तर चल्ने नगरपालिकाले जनाएको छ ।
तस्विरः संजय चौधरी
—00—