चितवनको माडीमा खोलाले बगाएर एक पुरुष बेपत्ता

चितवन, १२ असार । चितवनको माडीमा खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन् । माडी नगरपालिका वडा नं। ५ छरछरे स्थित मगई खोलाले बगाएर स्थानीय ४५ वर्षका रण बहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

आज दिउसो साढे १ वजे खोलाले बगाएर बेपत्ता भएका उनको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । प्रहरीले खोजी कार्य भैरहेको भन्दै हालसम्म पत्ता लगाउन नसकिएको जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु