पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गर्दै भने– निर्वाचनपछि देश समृद्धितर्फ जान्छ

चितवन, २१ फागुन । — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र (क) बाट मतदान गर्नुभएको हो।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताको हितमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “समृद्धितर्फको यात्रा तय गर्न यो निर्वाचन महत्वपूर्ण छ। उत्साहका साथ निर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदातालाई म आग्रह गर्दछु।”

–00–

Share:

सम्बन्धित समाचारहरु