काठमाडौं , ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई सरकारको स्थायीत्वभन्दा पनि आगामी निर्वाचन “मिशन ८४” मा ध्यान दिन आग्रह गरेका छन्।
लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले नेकपा एमाले सधैं चुनावतर्फ केन्द्रित रहने बताए। “हामीले २०७० को चुनाव भन्यौं, अहिले २०८४ को तयारी गरौं,” उनले भने।
सरकारको स्थायीत्वप्रति विश्वस्त रहन आग्रह गर्दै ओलीले अहिलेको सरकार गठबन्धन स्थायीत्वका लागि बनेको उल्लेख गरे। “लोकतन्त्रमा सरकार पाँच वर्षका लागि बनिन्छ,” उनले भने, “तानाशाही होइन, जनताको अभिमतसहितको स्थिरता हाम्रो लक्ष्य हो।”–00–


