कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालक युवतीको मृत्यु

चैत २१ काठमाडौँ । काठमाडौँको कलंकी कजिकै स्युचाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

गएराति स्युचाटारमा प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई काठमाडौंं थानकोटमा बस्दै आएकी २५ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते दर्नालको नेपाल नेशनल अस्पताल कंलकीमा उपचारको क्रममा मृत्यु भएको हो। तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

मृतक युवतीको साथमा सवारी अनुमति पत्रसमेत नभएको प्रहरीले जनाएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु