काठमाडौं पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं,२५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । अहिले उनीसँगै राजावादीहरूको र्‍याली निस्किएको छ । उनी समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं आएका हुन् । शाहलाई र्‍यालीले निर्मल निवास पुर्‍याउन बताइएको छ ।

उनलाई विमानस्थलमा राजावादीहरूले भव्य स्वागत गरेका छन् । स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र अभियन्ता दुर्गा प्रसाईलगायत पुगेका थिए ।

 

उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो ।

–00–

Share:

सम्बन्धित समाचारहरु