पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग

चितवन । प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

संगठनका जिल्ला अध्यक्ष सुवास पण्डितमार्फत कोषका लागि सो रकम सहयोग गरेको पोखरेलले बताए । चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान हुने ठानेर सहयोग गरेको पोखरेलले बताए । आफूले जन्माएको संगठनले सिर्जनात्मक र रचनात्मक उद्देश्य राखेर कोषको स्थापना गरेकोमा आफू खुसी भएको पोखरेलले बताए ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर कोष स्थापना गरिएको हो । प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ । साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ । -00-

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु