काठमाडौंबाट गोरखा आउँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्दा पाँचजनाको मृत्यु

चितवन, १७ चैत। काठमाडौंबाट गोरखाजान आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार चालक सहित पाँचजनाको घटनास्थलमै मृत्युभएको छ । मृत्युहुनेमा १ जना बालिका, २ जना पुरुष र २ जना महिला छन् । उनिहरुको परिचय खुलेको छैन ।

आज बिहान ७ बजेर १५ मिनेटमा इच्छाकामना गाउँपालिका वडा नं. ५ अन्तर्गत पृथ्वी राजमार्ग नजिक सिमलधार भन्नेठाउँबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । सड्कवाट झण्डै ८० मिटर तल त्रिसुलीनदीमा खसेको हो । ट्याक्सीको आधाभाग डुबेको छ ।

 

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ । ट्याक्सीमा कतिजना सवार थिए एकिन भएको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।—00–

फाइल तस्विर-

Share:

सम्बन्धित समाचारहरु