खोलामा निर्माण भइरहेको ड्याकका कारण दुई छिमेकी नगरपालिका बीचद्धन्द बढ्दै, रत्ननगरले एकतर्फी खोलो मिचेको आरोप

खैरहनी, २६ बैशाख । खैरहनी र रत्ननगर नगरपालिकाको सीमा क्षेत्रपर्ने ढुङ्रेखोलामा निर्माण भइरहेको ड्याकको विषयलाई लिएर स्थानीयह? आन्दोलित बनेका छन् ।

 

खैरहनी नगरपालिकाको दक्षिण क्षेत्रमा रहेको कुमरोज क्षेत्रका स्थानीयह?ले रत्ननगरले आफ्नो तर्फमात्रै ड्याक निर्माण गरेको भन्दै विरोध जनाउँदै आएका छन् । रत्ननगर–५ स्थित गौवाघाट पुलको माथिल्लो र तल्लो भागमा रत्ननगरले आफ्नोतर्फ तारजालीसहितको ड्याक निर्माण गरिरहेको छ । प्रदेश सरकारबाट विनियोजित रकमले रत्ननगरतर्फको काम जारी छ ।

रत्ननगरले आफ्नोतर्फ सुरक्षित गरे पनि खैरहनी नगरपालिकाले यो विषयमा मौनदेखिएको भन्दै विरोध जनाएका हुन । खैरहनी नगरपालिका वडा नं. १६ , कुमरोजका स्थानीयले दुवैतर्फ ड्याक निर्माणका लागि पहलगर्न नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । यो विषयलाई लिएर खैरहनी नगरपालिका डेलिगेसन समेत पुगेका छन् । करिब एक सय जना स्थानीय नगरपालिका पुगेर नगर उपप्रमुख कविता उप्रेतीको ध्यानाकर्षण गराएका छन् । स्थानीय भगवान थापाले रत्ननगरले आफ्नोतर्फ ड्याक निर्माण गर्दा कुमरोजवासीलाई बाढीको जोखिम झनै बढेका बताए । ’यो विषयलाई नगरपालिकाले गम्भीरताका साथ लिनुपर्छ’- उनले भने ।

 

खैरहनीले पनि आफ्नोतर्फ ड्याक निर्माण गर्नुपर्ने स्थानीयको माग छ । डेलिगेसन पुगेका स्थानीयलाई नगर उपप्रमुख उप्रेतीले आफूले यस विषयमा चासो देखाएको र सहजीकरणमा रत्ननगर नगरपालिकासँग समन्वय गरिसकेको जानकारी दिइन । ‘हाम्रो नगरप्रमुख अहिले विदेशमा हुनुहुन्छ, फर्किएपछि थप छलफल गरेर अघि वढ्छौँ’, उप्रेतीले भनिन । खैरहनी–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालले विकासविरोधी आफूह? नभएको भन्दै रत्ननगरले खोला मिचेर ड्याक निर्माण गर्नु आपत्तिको विषय रहेको बताए । ड्याक निर्माण गर्दा खोला मिचेको मात्र नभई खैरहनीतर्फको ग्राभेल झिकेर ड्याकमा प्रयोग गरेको जानकारी दिए ।

ड्याक निर्माणले दुवै वडाका स्थानीयबीच द्वन्द्व निम्त्याउने काम भएको भूषालको भनाइ छ । रत्ननगरतर्फ निर्माण गरिएको ड्याक सोझ्याउनुपर्ने भन्दै वडा अध्यक्ष भूषालले खैरहनीतर्फ ड्याक निर्माणका लागि नगर प्रमुखसँग छलफल भइरहेको जानकारी दिए । –

तस्विर सौजन्यः धुव्रराज खनाल ।

 

-00–

 

Share:

सम्बन्धित समाचारहरु