जेनजी प्रदर्शन : देशभर ५१ जनाको ज्यान गएको पृष्टी १८ जनाको पहिचान खुल्न सकेन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको ज्यान गएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मृतकमध्ये सबैजना जेनजी आन्दोलनकारी नभएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म सार्वजनिक भएको विवरणमा १८ जनाको पहिचान खुल्न बाँकी छ । बाँकी ३२ मृतकमध्ये पनि सबै आन्दोलनकारी नभई हुलमुलमा परेर ज्यान गुमाएका छन् भन्ने प्रारम्भिक तथ्यांक आएको उनले बताए । पहिचान खुलाउने काम भइरहेको र पुष्टि भएका शव आफन्तलाई बुझाउन सुरु गरिएको उनले जानकारी दिए ।

आन्दोलनका क्रममा भारतीय नागरिकसमेत मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्दा त्यहाँ बसिरहेकी एक भारतीय पर्यटक महिला लडेर घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल पुर्याइएकी उनलाई बचाउन नसकिएको प्रवक्ता घिमिरेले बताए । यस्तै, अन्य भारतीय नागरिक पनि मारिएको प्रारम्भिक सूचना आएको तर पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

त्यसबाहेक निजामति कर्मचारी र सुरक्षाकर्मी गरी विभिन्न पेसामा संलग्न व्यक्तिहरू पनि मृतकमध्ये परेका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु