बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको बर्दघाट–दुम्कीवास सडक एकतर्फी सञ्चालनमा

बुटवल, १६ जेठ। रातभरिको अविरल वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्कीवास सडकखण्ड पाँच घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

बर्दघाट बजारबाट करिब पाँच किलोमिटर पूर्वमा पर्ने खुर्सानी खोलामा पाँच दिनअघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाका अनुसार, मध्यरातिदेखि अवरुद्ध उक्त सडक आज बिहान ६ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

त्यसैगरी, चोरमारास्थित गिरुबारी खोलामा बनाइएको डाइभर्सन पनि बाढीले बगाएको छ। सो स्थानमा ठूला मालबाहक सवारी साधन रोकिएको छ भने रात्रिकालीन बस र अन्य हलुका सवारीलाई होङ्सी सिमेन्ट उद्योगतर्फको वैकल्पिक बाटो हुँदै आवतजावत गराइएको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु