भरतपुरमा भूमिहिन तथा सुकुम्बासीहरुको जग्गा नापजाँच सुरु

चैत्र १ चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १२ का भूमिहिन तथा सुकुम्बासीहरुको जग्गा नापजाँच कार्य सुरु गरिएको छ।

भूमि प्राप्तिको राष्ट्रिय अभियान अन्तर्गत जग्गा नापजाँच कार्य सुरु गरिएको हो । राष्ट्रिय भूमि आयोग चितवनले गएको फाल्गुन ४ गते मेयर रेनु दाहालको हातबाट निस्सा बाँडेको थियो ।

लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सासगौ जग्गा नाँपजाँच कार्य तीव्र पारिएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए । जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तिव्र पारिएको तिमिल्सीनाले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु