चितवन,१२ जेठ । राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अनुशासन आयोगको सचिव पदका लागि चितवनका युवा नेता दिलिप लामिछानेले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। संगठनभित्र लोकप्रिय, विश्वासिलो र निष्ठावान नेताको छवि बनाएका लामिछाने सशक्त उम्मेदवारका रूपमा अगाडि आएका हुन्।
लामिछानेले आफ्नो राजनीतिक यात्रा कालिका नगरपालिकाबाट सुरु गरेका थिए। त्यसपछि उनले जिल्ला नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै काठमाडौं–चितवन सम्पर्क मञ्चको अध्यक्षको रूपमा प्रभावशाली नेतृत्व दिएका थिए। साथै, उनी युवा विज्ञ परिषद्का सदस्यको रूपमा पनि उल्लेखनीय योगदान दिइसकेका छन्।
“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय ध्येय साकार पार्न युवाको अग्रणी भूमिका हुनुपर्छ भन्नेमा लामिछाने दृढ छन्। संगठनमा लामो अनुभव, अनुशासनप्रतिको प्रतिबद्धता र कामप्रतिको इमानदारीका कारण उनी अनुशासन आयोगको सचिव पदका लागि एक बलियो र योग्य उम्मेदवारका रूपमा स्थापित भएका छन्।
युवा सदस्यहरूबीच अत्यन्त लोकप्रिय रहेका लामिछानेले आफूलाई राष्ट्र, संगठन र युवा अधिकारको पक्षमा समर्पित पात्रका रूपमा प्रस्तुत गर्दै आएका छन्। पार्टीभित्र अनुशासन र निष्ठाको रक्षा गर्न उनी प्रतिबद्ध रहेको स्पष्ट संकेत उनले दिएका छन्।
–00–


