चितवनमा सेप्टिक ट्यांकीमा खसेर दुई जनाको निधन

२५ जेष्ठ , चितवन

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा बुधबार चितवनमा दुई जनाको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेका छन् ।

भरतपुर महानगरपालिका-१९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ । डिएसपी नरहरि अधिकारीका अनुसार साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खसेका थिए । छतिराम खसेपछि उनलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिरेका थिए । छतिराम र राम साला-भेना रहेको प्रहरीले जनाएको छ ।

घटनापछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि गएको थियो । दुवैको शव निकालेर पोस्टमार्टममा लागि साँझ ८ बजेर ५५ मिनेट जाँदा भरतपुरको सरकारी अस्पताल पठाएको डिएसपी अधिकारीले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु