पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन, १८ चैत्र । पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै पत्रकार महासंघ चितवनले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा चितवन प्रशासन कार्यालय पुगेको टिमले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

 

राजावादीहरुको प्रदर्शनको क्रममा पत्रकार रजकको हत्या गरिएको थियो । घरभित्र पसेर भिडियो खिचिरहेका पत्रकारलाई बाहिरवाट ताल्चा लगाएर प्रदर्शनकारीहरु बाहिर निस्एिका थिए । प्रदर्शनकारीहरुले लगाएको आगोमा जलेर उनको मृत्युभएको थियो । यसलाई पत्रकार महासंघले हत्या भन्दै विरोध जनाउँदै आएको थियो । यस अघि हिजो दिनभर पत्रकारहरु हात्तमा कालोपट्टि बाँधेर विरोध जनाएका थिए ।–00—

Share:

सम्बन्धित समाचारहरु