रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने

काठमाडौं,११  जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यक्रम तय गरिएको छ।

बैठकबारे जानकारी दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले पछिल्लो राजनीतिक परिस्थितिका साथै समसामयिक विषयहरूमा विस्तृत छलफल हुने बताएका छन्। यसअघि शनिबार पार्टीको आकस्मिक भर्चुअल केन्द्रीय समिति बैठक पनि बसेको थियो।

पार्टीको नीति, रणनीति र भावी राजनीतिक कदमबारे आजको बैठकमा ठोस निर्णय हुन सक्ने अनुमान गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु