चितवन,३ जेठ । आज जेठ ३ अर्थात् मदन–आश्रित दिवस। आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।
२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाइँदैछ ।
मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार मदन नगर, बल्खुमा विशेष कार्यक्रम गर्दैछ । एमालेका अनुसार ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको हो।
जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।
–00–


