भरतपुर महानगरभित्रको सरसफाईमा प्रहरीको साथ

चितवन । नेपाल प्रहरी शिक्षालय र भरतपुर महानगरपालिका वडा नम्बर १० को सरसफाई अभियान अन्तरगत शिवालय मन्दिर लगायत महाकालेश्वर टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारी लगायत नेपाल प्रहरी शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र प्रशिक्षणरत प्रशिक्षार्थीहरू गरी २ सय ५० जना, जनप्रतिनिधि, महाकालेश्वर टोल विकास संस्थाका पदाधिकारीहरु, स्थानीय आमा समुह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्ष सन्दिप भण्डारीले समाजको हरेक सकारात्मक पाटोको लागि प्रहरी साथै रहेको र यस्ता कार्यक्रम सांकेतिक मात्र भएकोले आफ्नो घर, आगन, टोल आआफ्नो स्तरबाट सबै एकजुट भएर लागेमा यस्ता अभियानले सार्थकता पाउने बताउनुभयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु