काठमाडौंमा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं, १५ वैशाख। सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन्।

सोमबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पीडितहरूले ‘ए नालाएक सरकार…’, ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।

सहकारी संस्थाबाट ठगिएका बचतकर्ताहरू लामो समयदेखि सडकमा आन्दोलनरत छन्। उनीहरूले आफ्नो निक्षेप फिर्ताको माग गर्दै विभिन्न ढाँचामा आन्दोलन जारी राखेका छन्।–0–

तस्बिर : न्युज एजेन्सी नेपाल

Share:

सम्बन्धित समाचारहरु