घरदैलो अभियानमा रेनु दाहाल-जनसमर्थनले उत्साहित छु

 काठमाडौं, ४ फागुन। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रेनु दाहालले आफूलाई आम जनसमुदायबाट माया, विश्वास र समर्थन प्राप्त भइरहेको बताएकी छन्। जनताको यस्तो साथले आफू अझ उत्साहित बनेको उनको भनाइ छ।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले हाल चितवन क्षेत्र नं. ३ मा घरदैलो अभियानमा सक्रिय रहेको उल्लेख गरेकी छन्। यस क्रममा जनताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई थप प्रेरणा मिलेको उनले लेखेकी छन्।

भरतपुर महानगरपालिकामा करिब ९ वर्ष मेयरको जिम्मेवारी सम्हाल्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण जनताको स्नेह पाएको उनको बुझाइ छ।

निर्वाचन प्रक्रियामा सहभागी भएपछि जित–हार दुवैलाई स्वीकार गर्नुपर्ने लोकतान्त्रिक अभ्यास भएको भन्दै आफू त्यसमा स्पष्ट रहेको पनि उनले बताएकी छन्। साथै, लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष तथा स्वच्छ निर्वाचनका लागि सबैको साथ र सहयोग अपेक्षा गरेको उनले उल्लेख गरेकी छन्।–00–

Share:

सम्बन्धित समाचारहरु