पारिश्रमिक नपाएपछि भण्डारा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

चितवन,४ जेठ । चितवनको राप्ती नगरपालिका–५ स्थित भण्डारा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ७/८ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सेवा अवरुद्ध गरेका छन्।

आइतवार बिहान १० बजेदेखि अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्। उनीहरूले आपतकालीन (इमेर्जेन्सी) सेवा बाहेकका सबै सेवा ठप्प पार्दै शान्तिपूर्ण रूपमा अस्पतालमै बसिरहेका छन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले चाँडै पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्।

आन्दोलनलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय (इप्रका) भण्डाराबाट प्रहरी निरीक्षक प्रकाश त्रिपाठीको टोली घटनास्थलमा खटिएको थियो।

तस्विरः दिलिप डल्लाकोटी 

–00–

 

Share:

सम्बन्धित समाचारहरु