चितवन,१ जेठ । राष्ट्रिय युवा संघ नेपालको ३६औँ स्थापना दिवसको अवसरमा कालिका नगरपालिका वडा नं १० स्थित सिद्धि छात्रावासमा खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय युवा संघ कालिका नगर कमिकमिटीको समन्वयमा तथा वडा नं ९ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष सुजित पुरीको अध्यक्षता रहेको थियो। कार्यक्रम सचिव गौतम गिरीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमाले वाग्मती प्रदेश सदस्य तथा कालिका नगरपालिका इन्चार्ज खुम नारायण श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यसैगरी, राष्ट्रिय युवा संघ चितवनका अध्यक्ष झलकराज भट्ट, सह–सचिव पूर्ण महतो (निशान), कालिका नगर अध्यक्ष अजय लामा, वडा नं ९ का जनप्रतिनिधि तथा अध्यक्ष क. निलकण्ठ मगर, पार्टी उपाध्यक्षलगायत विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसको अवसर पारेर आयोजित यस कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरूको हितमा सहयोग पुर्याउने उद्देश्य राखिएको आयोजकले जानकारी दिएका छन्।


–00–


