कालिका, २३ असार । नगरक्षेत्रभित्रको फोहरमैला संकलन तथा व्यवस्थापनमा स्थानीय सरोकारवालाहरु सकारात्मक देखिएका छन् । फोहर संकलन तथा व्यवस्थापनबारे कालिका नगरपालिकाले स्थानीय सरोकारवालाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सकारात्मक देखिएका हुन ।
खोलेसिमल बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि भण्डारीले लामो समयको दवाव र संघर्षपछि पालिकाले फोहरमैला व्यवस्थापनगर्ने विषयमा चासो देखाएकामा खुशी व्यक्तगर्नुभयो । घरवाट निस्किने फोहरमैलालाई वर्गीकरणको आधारमा न्यूनतम शूल्क तिर्न तयार रहेको स्पष्टपार्नुभयो । नगरक्षेत्रभित्रका सबै टोल विकास संस्थाहरु एकीकृत नभएका कारण फोहरमैला व्यवस्थापन बारे जनचेतना बाड्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रत्येक वडाभित्रका टोल विकास संस्थाका सदस्यहरुलाई वडाका प्रतिनिधिहरुकै रोहवरमा फोहरव्यवस्थापनबारे सचेत गराउन आवश्यक छ उहाँले भन्नुभयो ।– ढिला गरौं तर सबैलाई सचेत गराएर मात्रै गरौं जसका कारण दिगो रुपमा यो अभियना टिक्न सकोस ।
यस्तै कालिका वडा नं. ८ स्थित कालिका टोल विकास संस्थाका इन्द्रबहादुर थापाले फोहर व्यवस्थापनमा आफुहरु सहयोगगर्न तयार रहेको बताउनुभयो । सके सम्म नगर क्षेत्रभित्र फोहर कम उत्पादनहुने तर्फ जोड दिनेबारे गम्भीरहुन पालिकालाई सुझाव दिनुभयो ।
कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख विनोद रेग्मीले फोहरमैला व्यवस्थापनमा स्थानीयले साथ दिए आगामी भदौं महिनाको पहिलोसातादेखिनै फोहर संकलन तथा व्यवस्थापनको काम सुरुहुने जानकारी दिनुभयो । नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनका लागि सफा उर्जा नामको संस्था लगायत अन्य केही कम्पनीहरुले पनि चासो दिइरहेको जानकारी दिनुभयो । निकै लामो समयको अध्ययनपछि नगरक्षेत्रभित्रको फोहरसंकलन तथा व्यवस्थापनबारे नगरपालिकाले कार्यविधि समेत तयार पारेको जानकारी दिनुभयो ।
फोहर व्यवस्थापनका लागि स्थानीय सामुदायिक वनहरुसँग छलफलगर्दै आएको नगरपालिकाले निकटमै टेन्डर मार्फत फोहर संकलन तथा व्यवस्थापनगर्ने तयारीमा छ । खैरहनी र रत्ननगर नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनको जिम्मा लिएको सफा उर्जासंग फोहर संकलनको विषयमा छलफल भइरहेको नगर प्रमुख रेग्मीको भनाई छ ।
सफा उर्जाले सेवाग्राहीको वर्गीकरण गरेर नागरिकसँग मासिक रुपमा सेवा शूल्क लिएर फोहरमैला संकलन तथा व्यवस्थापन गर्दै आएको छ । सफा उर्जा लगायतका संस्थाहरु कालिका क्षेत्रभित्रको फोहरमैला संकलन तथा व्यवस्थापनगर्न तयार छन त्यसका लागि केही शुल्क तिर्नुपर्नेहुन्छ यो विषयमा छलफलजारी छ नगर प्रमुख रेग्मीले भन्नुभयो । – यहाँका स्थानीयले साथ दिए भदौं महिनाको पहिलो सातादेखिनै फोहरमैला संकलन तथा व्यवस्थापनको काम सुरु हुन्छ ।
कालिकामा दैनिक ३ देखि ५ टन फोहरमैला संकलन हुने अनुमान छ । सफ उर्जाले फोहरमैला संकलन तथा व्यवस्थापनका लागि कालिका नगरपालिकालाई दिएको दररेट सेवा शूल्कका सम्बन्धमा सरोकारवालाहरुसँग राय संकलन गर्न आजको कार्यक्रम आयोजना गरिएको हो ।
सफा उर्जाले फोहरमैला संकलन तथा व्यवस्थापनका लागि पालिकालाई दिएको प्रस्ताव र दररेट यस्तो छ ।












वन, वातावरण, विपद् व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र तामाङको अध्यक्षतमा आयोजना गरिएको कार्यक्रममा समिति सदस्य एवम् कार्यपालिका सदस्य ज्योति सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्षज्यूहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु कार्यक्रममा सहभागि थिए ।



फोहारमैला व्यवस्थापनका लागि नगरपालिकाले के के गर्यो त ?


सरोकारवालाहरुसँग आज आयोजना गरेको कार्यक्रम । फोटोकथा












—00—


