मेयर दाहाल : फरक क्षमता भएका विद्यार्थीलाई महानगरले प्राथमिकता दिएको छ

चैत्र २५ चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शारिरिक रुपमा फरक क्षमता भएका विद्यार्थीहरुको लागि विशेष खेलकुद आयोजनाले बौद्धिक क्षमता बृद्धिमा विशेष योगदान पु¥याएको बताएकी छिन् ।

भरतपुरमा दृष्टिविहिन, बहिरा बौद्धिक र अटिजम् अपांगता भएका विद्यार्थीहरुक लागी आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्धाटन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।

विशेष र फरक क्षमता भएका विद्यार्थीहरूको शारिरिक र मानसिक बौद्धिक विकासका लागि खेलकुदले विशेष भुमिका खेल्ने उनको भनाइ थियो । उनले भनिन्,‘यस्ता रचनात्मक प्रतियोगिताहरूसँगै फरक क्षमता भएकाहरुको विकास, सुरक्षा र शिक्षामा भरतपुर महानगरपालिकाले विशेष ध्यान दिएको छ ।’

उनले शारिरिक रुपमा अपांगता भएकाहरुलाई लक्षित गरि देशमै पहिलो पटक सरकारी स्तरबाटै भरतपुरमा ‘अटिज्म स्कुल’ समेत संचालन गरिएको बताईन् ।‘अपांगता क्षेत्रमा हाम्रो बालबालिका, हाम्रो भविष्य’ भन्ने नाराका साध शिक्षा, स्वास्थ्य तथा सिप बिकासका साथै जीवन निर्वाहका लागि विशेष कार्यक्रमहरु गर्दै महानगरले उनीहरुको बृहत्तर विकासका लागि उदाहरणीय काम गरेको उनले उल्लेख गरिन् ।

सबै प्रकारका अपाड्गता तथा विशेष क्षमता भएकाहरुको थप क्षमता विकास गरि उनीहरुको जिविकोपार्जनमा सहजता ल्याउनुनै महानगरको विशेष प्राथमिकतामा रहेको उनको भनाइ थियो ।दाहालले भरतपुर महानगरपालिकाले अपांग मैत्री भैतिक पूर्वाधार निर्माणमा बिषेश जोड दिएको उनले बताईन्। यस्तै उनले भतरपुर महानगरपालिकाको प्रशासकिय भवन पूर्ण रुपमा अपांगमैत्री हुने बताईन् ।

सो अवसरमा बिगतलाई स्मरण गर्दै उनले भनिन्,‘ म निर्वाचित भएर आउनासाथ भरतपुर महानगरपालिकामा माथिल्लो तलामा आफ्नो कार्यालय व्यवस्थापन गरिएको रहेछ, त्यही समयमा अपांगता भएका साथीहरुले मलाई भेट्न समय माग्नुभयो, तर उहाँहरु माथि आउन सक्ने अवस्था देख्न सकिन र मैले तत्काल कार्यकक्ष तल सारे ।’ त्यसपछि संगको भेटघाट सहज र नियमित बनेको उनले बताईन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु