‘मर्निङवाक’ गर्नेक्रममा बाघको आक्रमणवाट एकजना घाइते

चितवन, २० साउन । चितवनको भरतपुरमा बाघले आक्रमणगर्दा एकजना व्यक्ति घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्ने क्रममा एक व्यक्तिलाई बाघले आक्रमण गरेको हो । आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको छ । रहेको बताइएको छ ।

बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु खटिएका छन् ।

Share:

सम्बन्धित समाचारहरु