चितवनबाट ‘सवारी’को सेवा परिक्षण

भरतपुर, २७ भदौ ।
जि एण्ड जि ग्रुप प्रालिले पत्रकार सम्मेलन मार्फत यात्रु ओसारपसारको सहयोगी सवारी एप सार्वजनिक गरेको छ ।

सोमबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै ग्रुपका संचालक शेरबहादुर साहले नारायणगढबाट सवारी सेवाको परिक्षण थालिएको बताए ।

सवारी यात्रु ओसारपसार अनलाइन एप हो । सवारीले अहिले काठमाडौं, बुटवल र भैरहवाबाट सेवा दिइरहेकोमा चितवनबाट पनि सेवा सुरुवात गरेको छ ।

मोटरसाइकल, ट्याक्सी र अटोमार्फत सवारीले ५० किलोमिटरसम्मको सेवा दिइरहेकोमा छिट्टै नै यसको दुरी बढाउने र नजिकका मुख्य शहरमा पनि सेवा दिने लक्ष्य राखेको छ । स्मार्ट फोनमा एप डाउनलोड गरेर एपमा उपलब्ध फिचरमार्फत यात्रुले सेवा लिन सक्नेछन् । मोटरसाइकल प्रयोग गर्नेले प्रतिकिलोमिटर २० रुपैयाँ, ट्याक्सीको ५५ रुपैयाँ र अटोको ४५ रुपैयाँ शुल्क कायम गरेको छ । चितवनमा परिक्षणको रूपमा अहिले अटो र ट्याक्सीबाट मात्रै सेवा दिइएको चितवन शाखा प्रमुख विपिन काफ्लेले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु