वडा अध्यक्षले गरे शिलन्यास

सौराहा प्रवेशगर्ने चित्रसारी पुलमा सवारी चाप बढेपछि मानविय चाप घटाउन बुढी राप्तीमा झोलुगें पुल निर्माण हुने

दीपेश चौधरी / सेतोनेपाल-

रत्ननगर, ७ माघ । गोठौली मालपुर जोड्ने बुढी राप्ती खोलामा झोलुगें पुल निर्माण हुने भएको छ । पुल निर्माणको लागि आजै सिलन्यास समेत गरिएको छ । वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले सिलन्यास गर्नुभएको हो । पुल निर्माणको जिम्मा थानी निर्माण सेवा प्रा.लि बत्तिसपुतली काठमाण्डौंले पाएको छ ।

२०७९ चैत २३ गते स्थानीय पूर्वाधार आयोजनाको कार्यालय हेटौंडासँग निर्माणसेवाले सम्झौता गरेको थियो । निर्माण सेवाका प्रतिनिधि लोक बहादुर बस्नेत सम्झौता अनुसार कुल १ करोड ८० लाख २५ हजार रुपैयाँको लागतमा पुल निर्माणहुन लागेको हो । १ सय ३१ दशमलव ८० मिटर लामो निर्माण हुने पुलको चौडाई १ मिटर ३० सेन्टी रहनेछ ।
पुलमा ६ वटा जग हुनेछन् । २ वर्ष अवधिमा निर्माण सम्पन्नगर्नुपर्ने सम्झौता छ । स्थानीयवाट अवरोध, विरोध न आए चैत महिना भित्रै निर्माण सम्पन्न गरेर स्थानीयलाई बुझाउने निर्माण सेवा प्रा.लिको लक्ष्य छ ।

चित्रसारी पुलमा सवारी साधनको चाप बढेका कारण पुलमा चाप न्यून बनाउन झोलुगें पुल बनाउन लागिएको वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले जानकारीदिनुभयो । । अटो, मोटरसाईकल देखि साईकलहरु सजिलै लैजान मिल्ने गरी झोलुगें पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शिलन्यास कार्यक्रममा स्थानीय, जनप्रतिनिधिहरु लगायतको उपस्थिती थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु