नेकपा एमाले कालिका वडा नं. ७ को वडा अध्यक्षमा विजयकुमार मोक्तान चयन

कालिका, २३ चैत्र । नेकपा एमाले कालिका वडा नं. ७ को वडा अध्यक्षमा विजयकुमार मोक्तान चयन भएका छन् । उदयपुर पार्कमा आज आयोजना गरिएको दोश्रो वडा अधिवेशनवाट उपाध्यक्षमा विज्ञान थिङ, सचिवमा सुवाष श्रेष्ठ सहित २९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

वलवहादुर मगरको अध्यक्षमा आयोजना गरिएको वडा अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका संसदीय दलका नेता जेएन थपलियाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै नेता थपलियाले नेपालको राजनीतिक शक्तिहरुबीचको प्रतिस्पर्धामा नेकपा एमाले बहुमत सहितको पहिलो शक्ति नबने सम्म नागरिकका आधारभूत आवश्यकताहरु पुराहुन नसक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता थपलियाले नेपालकै उत्कृष्ट सिद्धान्त बोकेको पार्टी नेकपा एमाले भएकाले ८४ सालको निर्वाचनमा मात्रै होइन तल्लो तहदेखि हरेक ठाउँमा पार्टीलाई बहुमत सहितको पहिलो शक्ति बनाउन सबै जुट्नुपर्ने बेला भएको बताउनुभयो ।
समाजमा रहेका तमाम गरिबी, अशिक्षा, बेरोजगार, विपन्नहरुलाई सम्पन्न बनाउने नेकपा एमाले चाहन्छ उहाँले भन्नुभयो –‘त्यसैले हामी हिजोदेखि लड्दै आएका छौं ।

नेपाली समाजलाई संविधानले दिएको अधिकारहरु, निशुल्क स्वास्थ्य उपचार, निशुल्क शिक्षा, रोजगारको व्यवस्थापन, महिला पुरुषबीचको असामनता, जातिपातीको असामनता, धार्मिक असामानता, सांस्कृतिक असामानता नेपाली जनताका बाधक भएको उहाँले टिप्पणीगर्नुभयो । नागरिकका आधारभूत आवश्यकता पुरागर्नका लगि अर्को आन्दोलनको आवश्यकता रहेको बताउनुभयो । अबको आन्दोलन भनेको विभिन्न राजनीतिक शक्तिहरु बीचको प्रतिस्पर्धामा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनुपर्ने खालको आन्दोलन आवश्यक रहेको उहँले स्पष्टपार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठक, जिल्ला कमिटी सदस्य विनोद रेग्मी,नेकपा एमाले कालिका नगर कमिटी अध्यक्ष केशव लामा लगायतका नेताहरुले अधिवेशनलाई संवोधन गरेका थिए । कार्यक्रम उमाकान्त सापकोटाले संचालन गरेका थिए ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु