चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब ३:३० बजे कालिमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीमाथि अचानक  गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट भोजाडबाट प्रहरी सहायक हवल्दार गुणबहादुर गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु