प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोकमा ‘सिनेपा’ चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास गरे

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास गर्नुभएको छ। बयालिस रोपनी क्षेत्रफलमा निर्माण हुने यो स्टुडियो चलचित्र क्षेत्रको लागि नयाँ युगको शुरुआत हुनेछ।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो।

यस अवसरमा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको महत्वलाई औंल्याउँदै भन्नुभयो, “देशमा चलचित्र निर्माणको प्रक्रिया दशकौँ पुरानो भए पनि अबसम्म एक स्थायी र सुविधासम्पन्न छायाङ्कन स्थलको अभाव थियो। यस स्टुडियोको निर्माणले चलचित्र उद्योगलाई नयाँ दिशा दिनेछ।”

चलचित्र क्षेत्रमा कार्यरत निर्माता र कलाकारहरूले पनि सुविधासम्पन्न स्टुडियोको अभावमा गुनासो गर्दै आएका थिए। अब यो स्टुडियोले चलचित्र निर्माणको लागि नयाँ ढोका खोलेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु