बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

काठमाडौं, ९ साउन। चितवन, दाङ, पाल्पा, नवलपुरमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो ३ घण्टामा बागमतीका मकवानपुर, चितवन, तनहुँ, लुम्बिनीका नवलपरासी, पाल्पा, रुपन्देही, दाङ, कपिलवस्तु, प्युठान, बर्दिया, सुदूरपश्चिमको कैलालीमा भारी वर्षा मापन भएको छ ।

पछिल्लो एक घण्टामा चितवनको देवघाटमा सबैभन्दा धेरै वर्षा भएको छ । देवघाटमा एक घण्टामा २८।४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २४९।२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । अहिले पनि चिवतनको देवघाट, भरतपुर विमानस्थल क्षेत्र, रामपुरमा भारी वर्षा भइरहेको छ । यस्तै पाल्पाको बल्ड्याङगढी र जल्पामा मुसलधारे पानी परिरहेको छ । नवलपुरको देउराली नवल र दाङको सुखबारेमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बिहान तिनाउ नदीले खतरा तह पार गरे पनि अहिले पानीको सतह घटेको र अवस्था स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली नदीमा भने पानी तह बढ्ने क्रममा रहेको छ । भारी वर्षा भएका जिल्लाका साना, खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, राजमार्ग अवरुद्ध हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु