चितवन, २८ वैशाख । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको कोइला लोड ट्रक आज बिहान करिब ७ बजे आफैं अनियन्त्रित भई पल्टिएको हो। ट्रक दुबैतर्फ पल्टिएको हुँदा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।
मानवीय क्षति भने नभएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनास्थल मुग्लिन बजारदेखि करिब २ किलोमिटर दक्षिण पर्छ। घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा टोली खटिएको छ। टोलीले सडक खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ।


