भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता

काठमाडौं,२८ बैशाख । काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ । ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ ।

“ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो,” विमानस्थल स्रोतले बाह्रखरीसँग भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत बताउँछ ।

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौंमै अवतरण गराइएको थियो । नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ । –00–

Share:

सम्बन्धित समाचारहरु