प्रचण्डको चेतावनी : छिट्टै ठूलो आन्दोलन आउने, मजदुरहरूलाई तयारीआग्रहमा रहन 

काठमाडौं, १८ वैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै ठूलो आन्दोलन हुने दाबी गर्दै मजदुर वर्गलाई तयारीमा रहन आह्वान गरेका छन्।

१३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी तमाम समस्याको समाधानका लागि नयाँ आन्दोलन, अभियान र क्रान्तिको नेतृत्व गर्न तयार रहेको स्पष्ट पारे।

“मजदुर साथीहरू, तपाईंहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ,” भन्दै उनले सरकारमा जाने कुनै रुचि नरहेको पनि बताए।

प्रचण्डले अब यथास्थितिवादी शक्तिसँग मिलेर सरकारमा जान नचाहेको उल्लेख गर्दै, पार्टी जनतासँगै, वर्ग संघर्षमा ठिक रहेको दाबी गरे।

“तपाईंहरू कन्फ्युजनमा नपर्नुहोला,” भन्दै उनले कार्यकर्तालाई राजनीतिक दृष्टिकोणमा स्पष्ट रहन आग्रह गरे।–00–

Share:

सम्बन्धित समाचारहरु