रेशम चौधरी पक्राउको समीक्षापछि मात्रै जनमत र नागरिक उन्मुक्तिबीचको एकता प्रक्रिया अगाडि बढ्ने

काठमाडौं, १८ वैशाख | जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच तय भएको पार्टी एकता प्रक्रिया रेशम चौधरीको पक्राउपछि स्थगित भएको छ।

अब उक्त घटनाको समीक्षा गरी रिपोर्ट तयार भएपछि मात्र एकताको नयाँ मिति तोकिने जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिएका छन्। उनले भने, “भएका सहमतिमा दुवै पार्टी प्रतिबद्ध छन्। यस घटनाको समीक्षा गरेर रिपोर्ट तयार हुन्छ, त्यसपछि संयुक्त बैठक बसेर प्रक्रिया अघि बढाउँछौँ र एकताको मिति तय हुन्छ।”

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही बुधबार एकता कार्यक्रम गर्ने तयारी थियो। तर, कार्यक्रम स्थल प्रज्ञा भवनमै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेपछि कार्यक्रम स्थगित गरिएको हो। उनी सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टद्वारा लेखिएको एक अनधिकृत पत्रका आधारमा पक्राउ परेका थिए। यस घटनापछि दुबै पार्टीमा राजनीतिक हलचल बढेको छ।

अब समीक्षापछि मात्र एकता प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने स्पष्ट पारिएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु