चैत ६ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ रत्न राजमार्गमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे १ ख ३३०२ नम्बरको टिपरमा सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाइल ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा सुर्खेतको लेकबेंसी नगरपालिका-५ नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
किशोरीको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेंसी नगरपालिका-८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामी घाइते भएका छन्। उनीहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए। उनीहरुको अवस्था सामान्य छ।
टिपर चालक बाँसगढी नगरपालिका-५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याल