चितवन, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाका कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजिनामा दिनुभएको छ । पार्टीभित्रको परिवारबादको अध्यासलाई रोक्न र त्यसको बारेमा कुनैपनि आशंका नहोस भन्नका लागि पदबाट राजिनामा दिएको हो ।
आफ्ना श्रीमान् कृष्णहरी पौडेल रास्वपाको केन्द्रीय शिक्षा विभागको उपप्रमुखको रुपमा सकृय राजनितिमा संलग्न रहेको भन्दै उनले पदबाट राजिनामा दिएको बताईन।पौडेलले राजिनामा पत्रमा आफ्नो निर्णयले पार्टीभित्रको नीतिगत पारदर्शिता र इमान्दारिताको सन्देश अझ मजभुत हुने विश्वास लिएको बताए ।
एउटै परिवारभित्रबाट दुई जना महत्वपूर्ण जिम्मेवारीमा रहनु पार्टीको मूल्य र आचारसंहितासँग मेल नखाने ठहर गर्दै, मनरुपाले अत्यन्तै नैतिक, साहसिक र उदाहरणीय निर्णय लिएको भन्दै रास्वपा भित्र चर्चा भएको छ ।
जिल्ला सभापति कृष्णप्रसाद भुषालले महानगरपालिकाका कोषाध्यक्ष पौडेलले राजिनामा राजिखुशीले आएको बताए । पार्टीको नीति, विधान र पद्धतीमा असरनपुग्नेगरी उहाँले आफ्नो जिम्मेवारी अरुलाई हस्तान्तरणगर्नुभएको हो अध्यक्ष भुषालले भने ।
पौडेलको राजिनामा स्वीकृत गर्दै रास्वपा भरतपुर महानगरले कोषाध्यक्ष पदमा आकांक्षा पोखरेललाई नियुक्त गरेको छ ।–00–


