एमालेको लक्ष्य: विधान महाधिवेशनसम्ममा सदस्य संख्या सात लाख ५० हजार पुर्‍याउने

काठमाडौँ१८ वैशाख।

नेकपा (एमाले) ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्य संख्या सात लाख ५० हजार पुर्‍याउने लक्ष्य लिएको छ।

पार्टीले यो वर्षलाई आन्तरिक जीवनको वर्ष को रूपमा मनाउने घोषणा गर्दै संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरेको जनाएको छ। एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार हाल पार्टी सदस्य संख्या पाँच लाख ५० हजार रहेको छ, जुनलाई बढाएर कुल मतदाताको ६ प्रतिशत बराबर पुर्‍याउने योजना छ।

सचिव ढुङ्गेलले वैशाख महिनाभित्र नयाँ सदस्यता र नवीकरणको काम सम्पन्न गरी प्रदेश कमिटीमार्फत जेठको पहिलो सातासम्म केन्द्रीय कार्यालयमा विवरण बुझाउने निर्देशन दिएको जानकारी दिनुभयो।

एमालेले विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना गर्ने तय गरिसकेको छ। यस महाधिवेशनलाई लक्ष्य बनाएर संगठनात्मक तयारी तीव्र पारिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु