“झापामा यात्रुवाहक बस दुर्घटना: १४ शिक्षकसहित २१ जना घाइते”

झापा, १३ वैशाख। झापाको शिवसताक्षीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ शिक्षकसहित २१ जना घाइते भएका छन्। काठमाडौँबाट झापा आइपुगेको सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रि बस शनिबार बिहान शिवसताक्षी नगरपालिका-९ स्थित मिलन चौकमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइतेहरूमध्ये ९ जनालाई बीएण्डसी अस्पताल र १२ जनालाई बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनीहरूमा १४ जना शिक्षक रहेका छन्, जो शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौँबाट झापा जानु भएको थियो।

बस चालक महेन्द्र कन्दङवाललाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। महेन्द्र कन्दङवाल झिलझिले नगरपालिका-८ का ३८ वर्षीय निवासी हुन्।–00–

Share:

सम्बन्धित समाचारहरु