चितवन, १५ वैशाख। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बू झापा सरुवा भएका छन्।
उनको स्थानमा अब एसपी गोविन्द पुरी चितवनको कमाण्ड सम्हाल्ने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना एसपीको सरुवा गरेको हो। यसै क्रममा एसपी लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको प्रहरी कमाण्ड जिम्मेवारी दिइएको हो।
लिम्बूले चितवनमा कार्यकालका क्रममा जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षाका कामहरूमा सक्रियता देखाएका थिए। झापा सरुवासँगै उनी थप जिम्मेवारीसहित नयाँ भूमिका सम्हाल्न जाने भएका छन्।
पुरी नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत थिए ।
यसपटकको सरुवामा देशभरका २३ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन्। सरुवा भएका एसपीहरूले छिट्टै नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्ने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

–00—

