निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग

 

काठमाडौं, १४ वैशाख । निषेधित क्षेत्र तोड्न खोजेपछि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ।

माइतीघरबाट भेला भएर बानेश्वर हुँदै संसद भवनतर्फ अघि बढ्न खोजेका शिक्षकहरूलाई प्रहरीले पछाडि हट्न अनुरोध गर्दै पानीको फोहरा प्रयोग गरेको हो। यस क्रममा प्रहरी र शिक्षकबीच ठेलमठेलसमेत भएको थियो। केही शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए।

शिक्षकहरूले शिक्षा ऐन संशोधनको माग राखेर आन्दोलन थालेको आज २६औं दिन हो।–00–

 

Share:

सम्बन्धित समाचारहरु