सरकारद्वारा एआई नीति २०८२ स्वीकृत, एमएमए च्याम्पियन रवीन्द्र ढाँट सम्मानित हुने

काठमाडौँ , २९ साउन ।  सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति– २०८२ स्वीकृत गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति पारित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्दै एआई नीति कार्यान्वयनले प्रविधिको उपयोगमार्फत विकासको नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, सरकारले हालै भारतीय खेलाडीलाई पराजित गर्दै एमएमए च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले अन्य विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा पनि निर्णय गरेको जनाइएको छ ।

Share:

सम्बन्धित समाचारहरु