बागमती प्रदेश सरकारका ३७ करोडभन्दा बढीका योजना

माडी, ४ असार । बागमती प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश ३ ख क्षेत्रमा ३७ करोडभन्दा बढीका योजनाहरु परेका छन् । सडक मर्मत तथा कालोपत्रे, सिंचाइ, नदी नियन्त्रण, कभर्ड हल, उद्यान, मन्दिर, खानेपानी, एम्बुलेन्स खरिद, अस्पताल भवन निर्माण तथा खेल मैदान निर्माणलगायतका कार्यक्रमका लागि बजेट विनियोजन भएको हो ।

प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालको सचिवालयले दिएको जानकारीअनुसार बजेटमा बाँदरझुला क्षेत्रमा रहेका विभिन्न खोला तटबन्धका लागि ३० लाख, घाँघर खोला, गणेशकुञ्ज तटबन्धका लागि १५ लाख, बगई खोला तटबन्धका लागि १५ लाख, चितई खोला तटबन्धका लागि १० लाख, पतरे खोला तटबन्धका लागि १० लाख, बुलबुले खोला तटबन्धका लागि १० लाख, टुनामुना खोला तटबन्धका लागि १५ लाख, चैनपुर देउजर खोला तटबन्धका लागि १५ लाख र अजिङ्गरे खोलाको तटबन्धका लागि १० लाख विनियोजन गरिएको छ ।

यस्तै, मरोट खोला तटबन्धका लागि ३० लाख, पतरे खोला तटबन्धका लागि १५ लाख, मगोई खोला तटबन्धका लागि ३० लाख, रिउ खोला करिडोर निर्माणका लागि ३० लाख, घोसरीदेखि कान्तिपुरसम्म तटबन्धका लागि ५० लाख, मगोई खोला तटबन्धका लागि ४० लाख, प्याउलीमा रिउ खोला तटबन्धका लागि ३५ लाख, घाँघर खोला सिंचाइ लाइनिङका लागि १० लाख विनियोजन गरिएको छ ।

यस्तै, मरोठ खोला कुलो लाइनिङका लागि १० लाख, तल्लो चितई खोला सिंचाइ आयोजनाका लागि ५० लाख, रिउ–परोही सिंचाइ आयोजनाका लागि ५० लाख, अनार घाँघर सिंचाइ आयोजनाका लागि ५० लाख, शीतलपुर डिप ट्युवेल सिंचाइ आयोजनाका लागि २० लाख, गर्दी डिप ट्युबेल सिंचाइ आयोजनाका लागि ३० लाख, अम्रौली डिप ट्युबेल सिंचाई आयोजनाका लागि ३० लाख, कैस्यालो बोरिङका लागि २० लाख, जगन्नाथपुरी डिप ट्युबेल सिंचाइ आयोजनाका लागि २० लाख, कल्याणपुर डिप ट्युबेल सिंचाइ आयोजनाका लागि २० लाख, बघौडा डिप ट्युबेल सिंचाइ आयोजनाका लागि २० लाख, गोविन्दबस्ती डिप ट्युबेल सिंचाइ आयोजनाका लागि २० लाख विनियोजन गरिएको छ ।

यस्तै, लक्ष्मुनिया–कल्याणपुर–बरूवा डिप ट्युबेल सिंचाइ आयोजनामा ५० लाख, गणेशकुञ्ज डिप ट्युबेल सिंचाइ आयोजनामा २० लाख, सन्तानेश्वर डिप ट्युबेल बोरिङमा २५ लाख, छरछरे सामुदायिक होमस्टे कम्पाउन्डिङ तथा पूर्वाधार विकासमा ४० लाख, बघौडा उद्योग ग्राममा ५० लाख, बघौडा कभर्ड हलमा २ करोड, कीर्तनपुरदेखि स्याउलीबाससम्मको सडक कालोपत्रेमा ५० लाख, छरछरे खानेपानी आयोजनामा २० लाख, खरकट्टा–शिवद्वार खानेपानी आयोजनामा ३५ लाख रकम विनियोजन गरिएको छ ।

त्यसरी नै परशुराम खानेपानी आयोजनामा ८ लाख, गर्दी खानेपानी आयोजनामा २० लाख, कुसुमखोला खानेपानी आयोजनामा २५ लाख ५० हजार, माडी क्याम्पसअगाडिको सडक कालोपत्रेमा १ करोड ५० लाख, कल्याणपुर हुँदै कृष्णमन्दिर जाने सडक कालोपत्रेमा १ करोड ५० लाख, बालकल्याण आविमा ८ कोठे भवन निर्माणमा १ करोड, छरछरेबाट ढुकुरबारीसम्म कङ्क्रिट वालसहितको मेसजाली निर्माणमा १७ लाख ५० हजार, मध्य शीतलपुरमा कङ्क्रिट वालसहितको मेसजाली निर्माणमा १७ लाख ५० हजार विनियोजन गरिएको छ ।

यसैगरी, घोसरीदेखि एकता स्तम्भसम्म क्रङ्किट वालसहित मेसजाली निर्माण गर्न ७ लाख ८८ हजार, गणेशकुञ्जमा क्रङ्किट वालसहित मेसजाली निर्माण गर्न ७ लाख ८८ हजार, छरछरेस्थित मितेरी पार्क क्षेत्रमा जंगली जनावर पुनस्र्थापना केन्द्र निर्माण गर्न २२ लाख, सगरमाथा माविमा खानेपानी व्यवस्थापन गर्न १० लाख, सगरमाथा माविमा घेराबार गर्न १५ लाख, राष्ट्रिय आवि दक्षिण अयोध्यापुरीमा २ कोठे भवन निर्माण गर्न ३० लाख, जगन्नाथपुरीस्थित बाल कल्याण आविमा घेराबार गर्न १५ लाख रकम विनियोजन गरिएको छ ।चितवन पोष्टले यो समाचार प्रकाशन गरेको छ । –00–

फाईल फोटो

 

 

Share:

सम्बन्धित समाचारहरु