काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न शुक्रबार बेलुका बालकोट पुगे । दुईजनाबीच भएको वार्तामा नेकपा एमालेका अध्यक्ष ओलीले पुस १० भएको सहमति माओवादीका तर्फबाट तोडिन लागेको भन्दै आपत्ति जनाएका थिए ।
ओलीले पुस १० को दिनलाई सम्झाउँदै ‘त्यो दिन एमालेलाई राष्ट्रपति भनेको हो कि होइन रु’ भनेर सोधेका थिए ।
तर आजको भेटमा पनि प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताएका थिए । उनले पुस २६ मा आफूले प्राप्त विश्वासको बारेमा स्मरण गराएका थिए । गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने/भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १-२ दिनमा सहमति मै टुंगो लाग्छ ।’ –


