प्रधानमन्त्री ओली र भुटानी समकक्षीबीच भेटवार्ता

बैङकक, २१ चैत्र । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैँककमा भेटवार्ता भएको छ ।

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग भुटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो ।

उनीहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु