युक्रेनमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

फाल्गुन २० एजेन्सी । युक्रेनमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको बीबीसीले जनाएको छ ।

युक्रेनी नेताहरूले जपेर्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको बताएका छन्। प्लान्टलाई रुसी सेनाले घेरेको थियो र लगातार फायरिङ भइरहेको थियो। रुसी गोलाबारीपछि आगलागी सुरु भएको हो । यद्यपि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले प्लान्ट वरपरको विकिरणको स्तरमा कुनै परिवर्तन नदेखिएको जनाएको छ।

जेपरजियामा रातिदेखि गोलाबारी भएको थियो । युक्रेनको ऊर्जा मन्त्रालयले प्लान्टको त्यही भागमा आगलागी भएको जानकारी दिएको छ ।जहाँ तालिम दिइन्छ ।

रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए । युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जेपोरझेया प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ ।

यसैबीच द इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) ले आफूहरू युक्रेनका अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ ।

प्लान्टका एक प्रवक्ताले रुसी सेनालाई गोलीबारी बन्द गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका बीबीसीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु